काठमाडौं– सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार उक्त आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि वैशाख २९ गते उपस्थित हुन निर्देशन दिएको हो। अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक तथा क्षेत्राधिकारविहीन रहेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी […]