जुम्ला। हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । जाडो बढ्दै जाँदा खानेपानीका धाराका पानी ठोसमा परिणत भएको छ । चिसोले पानीका पाइप फुट्न थालेका छन् । पिउने पानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको छ । हिउँदे याममा नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको चन्दननाथ नगरपालिकाका स्थानीयवासी सुनिता बुढाले बताए […]