काठमाडौं। काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन्। थारु महिला समाज उपत्यका समितिले पर्यटन बोर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारु समुदायका दिदीबिहनी भेला भए। थारु समुदायका दिदी-बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा पनि मनाउने गरिएको थारु महिला समाज उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीले बताइन्। […]