वायुयान र पार्टपुर्जाको आयात–निर्यात अनुमति अब अनलाइनबाटै

वायुयान तथा तिनका पार्टपुर्जा आयात–निर्यात गर्न आवश्यक सिफारिस र अनुमति अनलाइनबाटै उपलब्ध गराउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । बुधबार भएको सम्झौताअनुसार प्राधिकरणको अनुमति प्रणालीलाई भन्सार विभागको नेपाल राष्ट्रिय एकद्वार प्रणालीसँग जोडिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’को पहलमा भएको सम्झौताले एचएस कोड ८८०१ र ८८०२ […]