भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा फेयर फुटबल क्लब धरानलाई ‘पेनाल्टी’मा ४–२ गोलअन्तरले हराउँदै सङ्खुवासभा–११ फाइनल प्रवेश गरेको छ ।  आठौँ संस्करणको खेलअन्तर्गत आजको पहिलो सेमिफाइनलमा खेलको अन्तिम समयमा दुवै टोलीबाट एक–एक गोल भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । खेलको निर्धारित समयमा सङ्खुवासभाका लागि जर्सी नं ९ का […]