अमेरिकी विवादास्पद यौनकाण्ड: एप्स्टिन प्रकरणका सबै कागजात सार्वजनिक गरिएको न्याय मन्त्रालयको दाबी

अमेरिकी न्याय मन्त्रालयले ‘एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट’ अन्तर्गत आवश्यक सबै कागजात सार्वजनिक गरिसकेको जनाएको छ। तर केही सांसदहरूले उक्त सार्वजनिकरण अपूरो र अपर्याप्त रहेको बताएका छन्। अमेरिकी कंग्रेसका सदस्यहरूलाई पठाइएको पत्रमा महान्यायाधिवक्ता पाम बोन्डी र उनका सहायक टोड ब्लान्चेले विभागको नियन्त्रणमा रहेका सबै सम्बन्धित अभिलेख, कागजात, सञ्चार तथा अनुसन्धान सामग्री सार्वजनिक गरिएको दाबी गरेका छन्। […]