नेपालका सीमान्तकृत बालबालिकाको शिक्षामा सहयोग पुर्याउन न्युजर्सीमा ‘एआरसी फर नेपाल’ संस्थाद्वारा २४ हजार डलरभन्दा बढी रकम सङ्कलन गरिएको छ। ‘एआरसी फर नेपाल’ ले नेपालको पर्वत जिल्लास्थित पैयुँ हटियामा स्थापित ‘सम्सारा घर’ मा रहेका बालबालिकाहरूको सहयोगार्थ शनिबार न्युजर्सीको फेयर लनमा वार्षिक फण्डरेज कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा समुदायका अगुवाहरू, जननिर्वाचित प्रतिनिधिहरू र सहयोगी दाताहरूको उपस्थिति थियो। […]