बेल्जियमका सबैभन्दा सफल फुटबलर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । हाल फेनेरबाकबाट खेलिरहेका ३३ वर्षीय लुकाकु राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । उनले १ सय ३५ अन्तर्राष्ट्रिय खेलमा ९४ गोल गरेका छन् । सन् २०१० मा डेब्यु गरेका लुकाकु अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीमा पाँचौं स्थानमा रहेका छन् । […]