बाढी प्रभावितको सेवामा खटिएका ८६ स्वयंसेवकलाई गोल्याण फाउण्डेसनको सम्मान

गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायको सहयोगमा खटिएका ८६ स्वयंसेवकलाई सम्मान गरेको छ। नुवाकोटमा सञ्चालित होल्डिङ सेन्टरमा उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको फाउण्डेसनले जनाएको छ। गोल्याण ग्रुपको सामाजिक संस्था फाउण्डेसनले विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत बाढी प्रभावित परिवारका लागि सामुदायिक भान्छा, […]