दशैंमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरिएको छ। टिकट लिन काठमाडौँको नयाँ बसपार्कमा सुदूरपश्चिमका विभिन्न जिल्लाका यात्रु बिहीबार रातिदेखि नै लाइनमा बसेका छन्। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार यात्रु बिहीबार राति ९ बजेदेखि टिकट काउन्टरअगाडि लाइन लागेका थिए। छिटो टिकट पाउने आशामा यात्रु […]