सुरक्षित बस्ती निर्माण अबको राष्ट्रिय आवश्यकता

नेपाल प्राकृतिक सुन्दरताले सम्पन्न देश हो । त्यति मात्र नभएर भौगोलिक जोखिमका दृष्टिले पनि अत्यन्त संवेदनशील राष्ट्र हो । उत्तरमा उच्च हिमाल, महाभारत पर्वत, चुरे (शिवालिक) पर्वतदेखि दक्षिणमा समथर तराईसम्म फैलिएको यहाँको भूगोल छोटो समयमै तीव्र परिवर्तन भइरहेको छ । यही विविध भूगोलका कारण नेपालमा हिमपहिरो, हिमताल विस्फोट, बाढी, पहिरो, डुबान, भूक्षय र भूकम्पजस्ता विपद्को […]