दिवंगत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवंगत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ । बौद्ध धर्मावलम्बीले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजासहित स्वयम्भूमा पूजाआजा गरेका हुन् । उनीहरूले भैँसीको सिङबाट बनेको बाजासमेत बजाएका थिए । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुँला पर्वअन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू […]