गणतन्त्र इन्डोनेसियाको ८१औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा झण्डोत्तोलनसहित विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले सोमबार आइएमई कम्प्लेक्स, पानीपोखरीमा आयोजना गरेको कार्यक्रममा इन्डोनेसियाको राष्ट्रिय झण्डा फहराइएको हो। आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको राष्ट्रिय झण्डा […]