संसदीय समितिमा मर्यादित भाषा र विषय केन्द्रित बहस गर्न सभापति बास्कोटाको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफलका क्रममा शब्द चयन र अभिव्यक्तिमा संवेदनशीलता अपनाउन समिति सभापति समीक्षा बास्कोटाले सदस्य तथा आमन्त्रित व्यक्तिहरूलाई आग्रह गरेकी छन्। समितिको बैठकमा सभापति बास्कोटाले समितिमा हुने छलफल सार्वजनिक चासोको विषय बन्ने भएकाले सहभागी सबैले संस्थागत गरिमा कायम राख्नुपर्ने बताइन्। उनका अनुसार समितिमा विभिन्न सरकारी निकाय, मन्त्रालय […]