काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सर्वपक्षीय सरकार गठनको माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भंग गर्दै सर्वपक्षीय सरकार गठनको माग गरेको हो। “वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ,” माओवादीले राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा लेखिएको छ। २३ र २४ भदौमा भएका […]