कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ?

एम्स दिल्लीका प्याथोलोजी र फोरन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको अटोप्सीमा आधारित अध्ययन गरेको छ। यसको शिर्षक हो, ‘युवा वयस्कमा अचानक मृत्युको बोझः भारतको एक ठूलो अस्पतालमा एक वर्षसम्म गरिएको अध्ययन।’