कविताले बचाए पो कवि!

कवितालाई दृश्यमा उतार्न खोज्नु पानीलाई आकार दिन खोजे जस्तो लाग्छ मलाई। जस्तो आकारमा ढाले पनि पानीको स्वभाव र जस्तो अर्थ लगाए पनि कविताको भाव उस्तै बसिरहँदैन।