राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वतालिकाबमोजिम पार्टीका नवनिर्वाचित सांसदका लागि मंगलबारदेखि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा सहभागी भएका छैनन्। पार्टीका उपसभापति डीपी अर्यालले दुवै नेता ‘स्वास्थ्यका कारण’ आज उद्घाटनसत्रमा उपस्थित हुन नसकेको बताए। ‘स्वास्थ्य अवस्था र व्यस्तताले गर्दा वरिष्ठ नेता बालेन शाह […]