सिमरामा घटनाबारे अन्सारीको प्रश्न- बालिका हराएको २४ घण्टासम्म प्रहरीले किन खोजी गरेन ?
‘ती बालिकाको के गल्ती थियो ? न उनले सरकार चिन्छिन्, न पार्टी, न त प्रहरी नै। उनले त केवल आफ्नी आमा, आफ्नो आँगन र छिमेकी चिन्थिन्। आज ती बालिका कहिल्यै घर फर्किन नसक्ने गरी गइन्।’