ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण मङ्गलबार बिहान एउटा साढे दुई तले घर ढलेको छ। धापाखेलस्थित वडा कार्यालय नजिकै भिरालो सतहमा तीन आना जमिनमा बनेको सोवितकुमार थापाको साढे दुई तले घर बिहान करिब ६ बजेर ३५ मिनेटमा पल्टिएको हो। लगातारको वर्षाका कारण जमिन गलेर घर ढल्न पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका […]