भ्रामक वा अफवाह फैलाउने सामग्री उत्पादन र प्रकाशन नगर्न विज्ञापन बोर्डको अपिल

कुनै राजनीतिक दल तथा उम्मेदवारप्रति लक्षित गरि भ्रम श्रृजना गर्ने खालका पर्चा, पम्प्लेट, पोष्टर, व्यानर तथा अन्य प्रकारका सामग्री उत्पादन, वितरण तथा प्रर्दशन नगर्न/नगराउन तथा भ्रमपूर्ण सूचना, विज्ञापन वा प्रचार सामग्री कुनैपनि माध्यममा प्रकाशन, प्रसारण वा प्रर्दशन भए गरेको पाइएमा विज्ञापन बोर्डमा जानकारी गराउन बोर्डले भनेको छ ।