९ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले रिटमा उठाइएका मुख्य कानुनी प्रश्नको निरूपण अन्तिम […]