बजेटको तीव्र अभावका कारण राष्ट्रसङ्घीय शरणार्थी नियोग इतिहासकै ठूलो पुनर्संरचना र जनशक्ति कटौती गर्न बाध्य

दाता राष्ट्रहरूबाट अनुदान घट्दै गएपछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले आफ्ना विश्वव्यापी मानवीय कार्यहरूमा व्यापक कटौती गर्न बाध्य भएको छ। संस्था पुनर्संरचना गरेर मात्र यो सङ्कट धान्न नसकिने चेतावनी नियोगका प्रमुखले दिएका छन्। जेनेभामा आयोजित कार्यकारी समितिको बैठकमा शरणार्थीसम्बन्धी उच्चायुक्त बर्हाम सालेहले सन् २०२६ का लागि आवश्यक पर्ने ८.५ अर्ब अमेरिकी डलरमध्ये नियोगले हालसम्म केवल ३५ […]