झापाबाट पटकासहित एक जना पक्राउ

झापा– अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजार बस्ने रमेश खनाललाई करिब ३ लाख रुपैयाँ बराबरका पटकासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले रमेशले सोही ठाउँस्थित संचालन गरेको कोल्ड सेन्टरको गोदाम तलासी गर्दा उक्त पटका फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।