नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्ने विषयमा छलफल भएको छ। सोमबार महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा महासंघ, चिनियाँ दूतावास, सीसीपीआईटी तथा चिनियाँ प्रान्तीय वाणिज्य संघबीच नियमित संवाद र सहकार्यलाई प्रभावकारी बनाउँदै व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, संयुक्त उद्यम […]