नारायणगढ– चितवनको माडी उपत्यकाको समग्र जानकारी उपलब्ध गराउने उद्देश्यले माडी नगरपालिकाले ‘एक्सप्लोर माडी’ नामक पोर्टल सञ्चालनमा ल्याएको छ । नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार उक्त पोर्टलमा माडीका पर्यटकीय सम्पदाबारे विश्वका विभिन्न भाषामा अनलाइन अनुवादसहित जानकारी उपलब्ध गराइएको छ । पोर्टलमार्फत माडीका पर्यटकीय स्थल, धार्मिक क्षेत्र, प्राकृतिक आकर्षण, होमस्टे तथा फार्म स्टे, यातायातलगायतका विवरण सहज […]