सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले तापक्रमका कारण दूध उत्पादनमा हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक सूचकांकमा आधारित बीमालेख सञ्चालनमा ल्याएको छ। कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा उक्त योजना सार्वजनिक गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार वैशाख ७ देखि भदौ ३१ सम्मको १५० दिनको अवधिमा दैनिक अधिकतम तापक्रमका आधारमा बीमाको गणना गरिनेछ। […]