रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारमा जुवा तास खेल्दै गरेका २४ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे कल्याण कार्कीले आफ्नै घरको तेस्रो तलामा जुवा तास खेलाएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो । सो क्रममा २४ जना व्यक्तिलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको […]