लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूलाई निजी अस्पतालमा चिकित्सकीय सेवा प्रदान नगर्न निर्देशन दिएको छ। बुधबार मन्त्रालय मातहतका सबै अस्पतालमा कार्यरत छात्रवृत्तिका चिकित्सकहरूलाई मन्त्रालयले यो निर्देशन पठाएको हो। वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीका अनुसार सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम नियुक्त चिकित्सकहरूलाई मात्र […]