प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

काठमाडौँ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ।