देशभर जारी अविरल वर्षा तथा बाढीपहिरोका कारण विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यका जोड्ने मुख्य नाकादेखि विभिन्न पहाडी जिल्ला जोड्ने सडकसम्म अवरुद्ध भएका छन् भने केही सडकमा जोखिमलाई ध्यानमा राखेर रातिको आवागमन रोकिएको छ। बाढीको सम्भावित जोखिमका कारण काठमाडौंको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक खण्ड भदौ १० गतेदेखि पूर्ण […]