भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

खोटाङ, ९ असोज । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्र्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ । अविरल वर्षालाई मध्यनजर गर्दै प्रशासनले जोखिम न्यूनीकरण गर्न साँझ ७ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन नगर्न÷नगराउन निर्देशन दिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण […]