नेपाली स्वास्थ्य सेवाको जग–खाँबो अहेब अझै किन सान्दर्भिक?

नेपालको स्वास्थ्य सेवाको इतिहास अस्पताल, चिकित्सक र ठूला स्वास्थ्य संस्थाको विकासको कथा मात्रै होइन। यो दुर्गम गाउँबस्तीमा सीमित स्रोतसाधनका बीच बिरामीको उपचार गर्ने, खोप कार्यक्रम सञ्चालन गर्ने, मातृ तथा शिशु स्वास्थ्यको हेरचाह गर्ने र सामान्य स्वास्थ्य समस्या लिएर आएका नागरिकलाई सेवा दिने हजारौँ स्वास्थ्यकर्मीको योगदानको कथा पनि हो। यही इतिहासको एउटा महत्त्वपूर्ण पात्र हो– अहेब।