अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च बेरोजगारी दर हो । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो । […]