ड्यालस निवासी गीता रसाइली विगत केही महिनादेखि स्वास्थ्य समस्याबाट पीडित भएकी छिन्। सुरुमा सामान्य देखिएको स्वास्थ्य समस्या अहिले अत्यन्तै जटिल बनेपछि रसाइली परिवारले उपचारका लागि समुदायसमक्ष आर्थिक सहयोग र प्रार्थनाको अपिल गरेको छ। चिकित्सकहरूका अनुसार गीताका दुवै मिर्गौलाले काम गर्न छाडिसकेका छन्। यसका साथै उनलाई ‘लिभर सिरोसिस’ र कलेजोको समस्याका कारण मस्तिष्कमा असर पर्ने ‘हेपाटिक […]