दीपेन्द्रको अर्धशतक: नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २०० रन बनायो। नेपालको लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। उनी ७६ रन बनाएर आउट हुन पुगे।