मापदण्डविपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) विरुद्ध प्रहरीले व्यापक कारबाही अभियान अघि बढाएको छ । दर्ता नभएका, नवीकरण नगरेका तथा शैक्षिक परामर्शको आवरणमा म्यानपावरसम्बन्धी कामसमेत गर्दै आएका संस्थाहरू अनुसन्धानको दायरामा परेका हुन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब दुई हजार कन्सल्टेन्सी दर्ताविनै सञ्चालनमा रहेको अनुमान छ । विद्यार्थीबाट प्राप्त उजुरी र प्रारम्भिक प्रमाणका […]