धनकुटामा हावाहुरीले सरकारी कार्यालय र घरमा क्षति

काठमाडौं– सोमबार रातीको हावाहुरीका कारण धनकुटामा सरकारी निकायका साथै निजी घरमा क्षति पुगेको छ ।  हावाहुरीका कारण लोकसेवा आयोग, आयुर्वेद कार्यालय, संग्राहलय लगायतका कार्यालयहरूमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षति पुगेको उनले बताए । धनकुटा नगरपालिकाको मदन चोक, बिहीबारे हटिया, माथिल्लो कोप्चे, बालमन्दीर, भिमनारायण […]