मौरीघार र महले आत्मनिर्भर पृतिराज, गाउँमै सिर्जना भयो रोजगारी

सहर नै रोजगारी र समृद्धिको एकमात्र गन्तव्य हो भन्ने आम बुझाइलाई कास्कीका एक मौरीपालक किसानले गलत सावित गरिदिएका छन्। कास्कीको मादी गाउँपालिका–११ तोगीका पृतिराज लामिछानेले मौरीपालन व्यवसायमार्फत वार्षिक ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै गाउँमै बसेर आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेका छन्। समुद्री सतहदेखि करिब १ हजार ५०० मिटर उचाइमा रहेको विकट तोगी गाउँमा […]