काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको आगामी निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग जानकारी लिने भएको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका बारेमा छलफल गर्दै निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारसँग छिटै जानकारी लिने तयारी गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । त्यसैगरी आगामी राष्ट्रियसभाको निर्वाचनका विषयका साथै […]