वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन र छारे रोगको विशेष क्लिनिक सञ्चालन हुँदै

सम्बन्धित रोग तथा समस्याबाट पीडित बिरामीलाई समयमै सम्पर्क गरी अपोइन्टमेन्ट लिन अस्पतालले अनुरोध गरेको छ। विशेषगरी पार्किन्सन रोग, डिस्टोनिया, औषधिबाट नियन्त्रणमा नआएको छारे रोग, मुभमेन्ट डिसअर्डर तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञबाट जाँच गराउन सक्नेछन्।