बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ खेलेर रमाउँदै सर्वसाधारण । पिङ खेल्न पुग्नेमा प्रायः बालबालिका देखिन्छन् र उनीहरु आफ्नो पालो पर्खेर बस्छन्। पछिल्लो समय सहरी क्षेत्रमा पिङ संस्कृति केही सीमित हुँदै गए पनि यस्ता स्थानमा देखिने पिङले चाडपर्वको मौलिकता र सामूहिक उत्सवको भावनालाई जीवन्त बनाइरहेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी