किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन् । किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हुन् । यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ । तर यो वर्ष भने अरू बेला जस्तो सयपत्री नफुलेको किसानहरू बताउँछन्। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी