काठमाडौँ । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। सुनसरी-४ को क्षेत्रीय अधिवेशनबाट कार्की खस आर्यतर्फको महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत दामोदर दाहालका अनुसार कार्की यसअघि बराहक्षेत्र नगरपालिका-१० बाट क्षेत्रीय प्रतिनिधिमा पनि निर्विरोध चयन भएका थिए। महाधिवेशनको पूर्वसन्ध्यामा कार्की पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट बाहिरिएर संस्थापन पक्षमा फर्किएका थिए। […]