काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता केन्द्रीय सदस्यमा विजयी भएका छन्। धेरै दाबेदार केन्द्रीय सदस्यमा विजयी भएपछि पदाधिकारीमा सर्वसम्मतिको सम्भावना कम भएको छ। धेरै नेताहरू महामन्त्री, उपसभापति र सहममन्त्रीका आकांक्षी छन्। उनीहरूले निर्वाचन हुनुपर्ने माग राखिरहेका छन्। पूर्वसचिवालय सदस्य तथा परराष्ट्रमन्त्री शिशिर खनाल लोकतान्त्रिक प्रक्रिया अनुसार पदाधिकारी चुन्ने प्रक्रिया अघि बढ्ने […]