इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ । म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ । विमानमा एक जना मलेसियाली नागरिकसमेत […]