नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले गर्‍यो अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय वेलनेस दिवस’ घोषणा

संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी नियोगका अनुसार महासभाबाट पारित उक्त प्रस्तावले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय पक्षसँग सम्बन्धित समग्र कल्याणका रूपमा बुझ्नुपर्ने कुरामा जोड दिएको छ।