एक महिनाभित्र कर्मचारी विवरण बुझाउन सबै स्थानीय तहलाई मधेश सरकारको निर्देशन
मधेश प्रदेश सरकारले प्रदेशभित्रका सबै स्थानीय तहलाई आफ्ना स्थायी कर्मचारीहरूको पद दर्ता, सिटरोल तथा व्यक्तिगत अभिलेख अद्यावधिक गरी एक महिनाभित्र विवरण बुझाउन निर्देशन दिएको छ ।