६५ लाख खर्चेर बागमतीका ६ ठाउँमा राखियो ट्रास बेरियर, कसरी गर्छ काम ? (तस्बिरहरू)

काठमाडौँ।  शहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरेको छ। ६५ लाख खर्च गरेर यस्ता बेरियर राखिएको हो। गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा यस्ता बेरियर राखिएको छ। गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा […]