काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सितारमणको निमन्त्रणमा अर्थमन्त्री वाग्ले बिहीबार भारत भ्रमणमा जान लागेका हुन्। श्रीवास्तवका अनुसार अर्थमन्त्री वाग्लेले अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन्। भ्रमणका क्रममा उनले भारतका अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । […]